एनआईसी एशिया डिबेञ्चर निष्काशन हुँदै

-



     सफल आवाज    
     चैत्र १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ चैत्र । एनआईसी एशिया बैंकले चैत २५ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउने भएकाे छ। बैंकले ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गर्न लागेको हो। यसकाे अवधि १० वर्षकाे रहेकाे छ भने वार्षिक ७ प्रतिशत ब्याजदर रहेकाे छ ।

प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेकोमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाले बाँडफाँड हुनेछ । बाँकी रहने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। यसमा पनि १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।

लगानीकर्ताले घटीमा २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । बढीमा २५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसका लागि चैत्र २८ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । साे मितिसम्म पूरा आवेदन नपरेमा नयाँ वर्ष २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।