पियोर इनर्जीकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ वैशाख। पियोर इनर्जी लिमिटेडकाे शेयर (आईपीओ) मा आवेदन दिने आज बैशाख २ गते अन्तिम दिन बाँकी रहेकाे छ। कमपनीले चैत्र २८ गते आजदेखि शेयर निष्काशन गरेकाे थियाे ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँड गरेपछि सर्वसाधारणका शेयर बिक्रीमा ल्याएकाे हाे ।

यसमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा रुपैयाँ ११ करोड ९५ लाख २० हजार बराबरको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणका लागि बिक्री गरिने भएकाे छ ।

कम्पनीले १ करोड ६० लाख रुपैयाँबराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि बाँडफाँड गरिसकेकाे छ । साथै १ लाख ४४ हजार कित्ता विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ। यस्तै सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता पनि बाँडफाँड गरिसकेको छ।

अब सर्वसाधारणले घटीमा १० कित्ता तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। शेयरमा नयाँ वर्ष २०८२ बैशाख २ गते आजसम्म आवेदन दिन पाइनेछ । माग अनुसारकाे आवेदन नपरे ढीलाेमा बैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले १० मेगावाट क्षमताको सौर्य पि.भि. विद्युतकाे प्रबर्धन गरेको छ । आयोजना ब्लक १ को कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १२ करोड ५५ लाख रुपैयाँ रहेको छ।

यस्तै कम्पनीले १० मेगावाट क्षमताको सौर्य पि.भि. विद्युत आयोजनाकाे पनि प्रबर्धन गरेको छ । ब्लक २ को कुल लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ रहेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।