
काठमाडाैं, १९ चैत । साताको शेयर काराेबार हुने तेस्रो दिन मंगलबार नेपाली शेयर बजारमा करेक्सन भएकाे छ ।
यसअघिका लगातार तीन दिनकाे कारोबार बढेकाे थियाे । नेप्सेमा आजकाे करेक्सनले लगानीकर्ताहरु अल्पकालिन नाफा बुकतिर लागेकाे आकलन गरिएकाे छ ।
नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.५७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंकले र फ्लोट इण्डेक्स १.०६ अंकले घटेको छ।
यसदिन नेप्से परिसूचकमा भएकाे गिरावटसँगै कारोबार रकम पनि अन्य दिनकाे तुलनामा घटेको छ।
नेप्सेमा आइतबार साढे ७ अर्बको काराेबार भएकाे थियाे । साेमबार सार्वजनिक बिदाका कारण शेयर बजारमा काराेबार भएन ।
यसदिन ३२० स्टकको ५६ हजार ५४८ पटक कारोबार हुँदा रुपैयाँ ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ । अर्थात १ करोड ६ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको नेपसेले जनाकाे छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




