विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ चैत्र । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले चैत्र २१ गतेदेखि एफपीओ खुला गरेकाे छ । यसमा लगानीकर्ताले आज कार्यालय समय अवधिभर आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ५१ हजार २९२.५० कित्ता शेयर अर्थात ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ बिक्रीमा ल्याएकाे हो ।

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि एफपीओ खुला गरेकाे हो । ताेकिएकाे अवधिमा सबै शेयर बिक्री नभएमा नयाँ वर्ष २०८२ साल वैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले यसमा घटीमा १० कित्तादेखि बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा सीआस्वा सदस्य रहेकाे बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेकाे छ।