अर्बपति विनोद चौधरीको नेटवर्थ २० करोड डलरले बढ्यो

-



     सफल आवाज    
     चैत्र २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ चैत्र । चौधरी ग्रुपका अध्यक्ष नेपालका अर्बपति विनोद चौधरीको नेटवर्थ १ वर्षमा २० करोड डलर बढेको छ । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुकाे सूचीमा चाैधरीकाे सन् २०२५ मा नेटवर्थ २ अर्ब डलर छ ।

अर्बपति चाैधरीकाे सन् २०२४ मा १ अर्ब ८० करोड डलरको नेटवर्थ १ वर्षको समयावधिमा २० करोड डलरले बढेको फोर्ब्सले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

फोर्ब्समा प्रकाशित विश्वका अर्बपतिहरुको सूचीमा नेपालका अर्बपति चौधरीकाे राेलक्रम १ हजार ७६३औं स्थान रहेकाे छ । । चाैधरीकाे नेपालमा नबिल बैंक र सबैकाे प्रिय बनेकाे वाई वाई तैयारी चाउचाउ रहेकाे छ । जाे सीजी फूड्सले उत्पादन गर्छ ।

फोर्ब्सले वाई वाई चाउचाउकाे भारत, सर्बिया र बंगलादेशमा कारखाना रहेका जनाएकाे छ । हालै नयाँ कारखाना इजिप्टमा निर्माण भइरहेको छ ।

सीजीद्वारा १४३ वटा होटलहरुको स्वामित्व र व्यवस्थापन भइरहेकाे छ । यसमा भारतको ताज होटल चेनसँग सम्बन्धित रहेका विलासी होटलहरु रहेकाे फोर्ब्सले उल्लेख गरेकाे छ ।