
साताको शेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली शेयर बजार नकारात्मक लयमा गएकाे छ । गएकाे सातामा बुधबार र बिहिबार लगातार बढेकाे नेप्से यसदिन घटेकाे छ । परिसूचकसंगै काराेबार रकममा पनि कमि भएकाे छ ।
नेप्से परिसूचक ३३.३३ अंक घटेर २६७०.०६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४.०८ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.०७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले घटेको छ।
गएकाे बिहीबार ७ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको थियाे । आज ३२२ वटा कम्पनीहरूकाे १ करोड १४ हजार कित्ता शेयर खरिदबिक्री हुँदा रूपैयाँ ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार बराबरको काराेबार भएकाे छ ।
सबैभन्दा धेरै बाराही हाइड्रोपावरको शेयरमूल्य ७.४६ प्रतिशतले बढेको छ। बुटवल पावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत बढीले बढेको छ । सबैभन्दा धेरै अप्पर हेवाखोला हाइड्रोपावरकाे शेयरमूल्य ९.०९ प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा हिमालयन रि इन्स्योरेन्स अगाडी रहेकाे छ। कम्पनीको रूपैयाँ ५० करोड ३६ लाख बराबरको शेयर काराेबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४३ करोडभन्दा बढी तथा नेपाल पुनर्बीमा कम्पनीको ३३ करोड बढीको शेयर काराेबार भएको छ। १३ वटै उपसमूहहरूकाे सूचकांक घटेकाे छ। सबैभन्दा धेरै व्यापार उपसमूहको ३.११ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ।










महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




