सान्भि इनर्जीकाे बैशाख ५ गतेदेखि आईपीओ आउदै

-



     सफल आवाज    
     चैत्र २७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २७ चैत्र । सान्भि इनर्जीले बैशाख ५ गतेदेखि आईपीओ बिक्रीमा ल्याउन लागेकाे छ । आइपीओ आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गर्न लागिएकाे हाे ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे हाे ।

शेयरमा ईलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. १, माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ नम्बरसम्मका वडाहरु र नयाँबजार गा.वि.स.को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु), सूर्योदय नगरपालिका वडा नं. १ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरुका स्थानीयवासिले आवेदन दिन पाउनेछन्।

सर्वसाधारण लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता साधारण शेयर विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरिने भएकाे हाे ।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका जनताले बैशाख १९ गतेसम्म आवेदन दिन पाउने छन् । ढीलाेमा जेठ ३ गतेसम्म आवेदन दिन पाइने छ। वैदेशिक रोजगारमा रहेकाहरूले बैशाख १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।