नेप्से १३.९० अंकले बढ्याे, कारोबार साढे ४ अर्बमा सिमित

-



     सफल आवाज    
     चैत्र २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ चैत्र । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । बजारमा छाएको हरियालीले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ ।

यसदिन सबै सूचकांकहरुमा सकारात्मक लय देखिएको भएपनि कुल कारोबार रकममा भने कमि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.९० अंकले बढेर २६८०.५२ को विन्दुमा रहेको छ । नेप्सेमा ०.५२ प्रतिशतले बृद्धि भएको छ ।

ठूलो कारोबार गर्ने कम्पनीहरुको कारोबार मापन, सेन्सेटिभ इण्डेक्स १.८० अंकले बढेर ४४६.५८ विन्दुमा रहेको छ । यसदिन कुल ३१७ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ७३ हजार ८२२ कित्ता शेयरको कारोबार बाट ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० रुपैयाँ ८३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४२ करोड ७५ लाख ६८ हजार ४७७ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । कमपनीको शेयरमूल्य ८.०५ प्रतिशतले घटेको छ ।