
काठमाडौं, २४ पुस । चन्द्रागिरी हिल्स लिमिटेडकाे आजदेखि सर्वसाधारणका लागि शेयर निष्काशन तथा बिक्री खुला हुँदैछ । कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ३४ लाख ९१ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ लाख ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।
कम्पनीले ६१ हजार ३६४ कित्ता शेयर कर्मचारीका लागि (४ प्रतिशत), ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि (५ प्रतिशत) र १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारण नागकिको लागि निष्काशन गर्न लागेको छ ।
शेयर लगानीकर्ताहरुले चाँडोमा पुस २८ गतेसम्म र ढीलोमा माघ ९ गतेसम्म आवेदन पेश गर्न सक्ने भएका छन् । कम्पनीको सर्वसाधारणलई शेयर वितरण गरेपछि चुक्ता पूँजी १ अर्ब ५३ करोड हुने भएको छ ।
आवेदन दिनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमल, काठमाडौँ, चन्द्रागिरी हिल्स लिमिटेड, मेरो शेयर एप र मेरो शेयर सफ्टवेयरबाट पनि दिन सकिने भएकाे छ । शेयर निष्काशन तथा बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



