
बोस्टन, अमेरिका, २४ पुस । फेसबुकले आफ्ना दुवै प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप दुई साताका लागि प्रतिबन्ध लगाएको छ ।
ट्रम्पका गैरजिम्मेवार सन्देश तथा भिडियोले सामाजिक सञ्जालको नियम र निर्देशिका उल्लंघन गरेकाले यस्तो कदम चाल्नु परेको फेसबुकका सिइयो मार्क जुकर्बरले जनाएका छन् ।
मार्कले बिहीबार बिहान फेसबुकमा लामो स्टाटसमार्फत् ट्रम्पकै कारण अमेरिकी संसद् भवनमा हिजो बुधबार हिंसात्मक घटना भएको समेत उल्लेख गरेका छन् । यो प्रतिबन्धका कारण अब ट्रम्पले अमेरिकी राष्ट्रपतिका रुपमा रहँदासम्म फेसबुक र इन्स्टाग्राम चलाउन पाउने छैनन् । ट्रम्प जनवरी २० मा पदमुक्त हुँदैछन् ।
यसअघि फेसबुकले हिजै साँझ ट्रम्पका केही पोस्ट तथा भिडियोहरु डिलिट गर्नुका साथै २४ घण्टा उनको एकाउन्ट बन्द गरिदिएको थियो ।

यस्तै अर्काे सामाजिक सञ्जाल कम्पनी ट्वीटर र युट्यूबले पनि ट्रम्पमाथि बन्देज लगाएका छन् । सामाजिक सञ्जालहरुले अमेरिकी राष्ट्रपतिको एकाउन्टमाथि प्रतिबन्ध लगाएको यो अहिलेसम्मकै पहिलो घटना हो ।
ट्वीटरले बुधबार साँझबाट १२ घण्टाका लागि बन्द गरेको ट्रम्पको एकाउन्ट अझै खोलेको छैन । एकाउन्ट बन्द गर्नुअघि उनका पछिल्ला केही ट्वीट डिलिट गरिदिएको थियो । कम्पनीबाट पछिल्लो २० घण्टादेखि उनको ट्वीटर एकाउन्ट रोकिएको छ ।
ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफु पराजित भएपछिको रोष र दम्भलाई राजनीतिक भड्काउका रुपमा सामाजिक सञ्चालको प्रयोग गर्दै आएका थिए । जसका कारण हिजो अमेरिकी संसद् भवन क्षेत्र क्यापिटल हिल केही घण्टा तनावपूर्ण बनेको थियो ।
ट्वीटरले ट्रम्प पदबाट हटेलगत्तै उनको एकाउण्ट बन्द गर्नेबारे सोचेको खबर गत महिनानै सार्वजनिक भएको थियो । ट्रम्पले ट्वीटरको निर्देशिका उल्लंघन जारी राखे जनवरी २० मा उनी पदमुक्त भएपछि सधैंका लागि उनको एकाउण्ट बन्द गर्ने ट्वीटरको तयारीबारे केही साताअघि फोब्र्स अनलाइनले उल्लेख गरेको थियो ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




