सानिमा रिलायन्स लाइफकाे संस्थापक शेयर बिक्रीमा

-



     सफल आवाज    
     चैत्र २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ चैत्र । सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको १५ लाख ७४ हजार २५१ कित्ता शेयर बिक्रीमा ल्याएको हाे ।

संस्थापक शेयरमा लगानीका लागि कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गर्न सक्नेछन् । साथै अन्य जो कोही व्यक्ति वा संघ संस्थाहरु शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयरमा लगानीका लागि इच्छुक संस्थापक शेयरधनीहरु आज चैत २९ गतेदेखि १५ दिनसम्म कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा आफुले खरिद गर्न चाहेकाे शेयर खुलाएर आवेदन दिन सकिनेछ । 

कम्पनीले यसअघि संस्थापकहरुलाई शेयर बिक्री खुला गरेकाेमा पूरा आवेदन नपरेपछि फेरि लगानीकर्ताहरुका लागि लगानीकाे याे अवसर जुराइएकाे हाे ।