आइपीओ प्रस्तावसहित युनिटेक हाइड्रोपावरकाे एजिएम तय

-



     सफल आवाज    
     चैत्र २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ चैत्र । युनिटेक हाइड्रोपावर कम्पनीले साधारण सभा डाकेकाे छ । कम्पनीले शेयर (आइपीओ) निष्काशनकाे प्रस्तावसहित वैशाख २० गते सभा डाकेकाे हाे ।

साधारण सभा कम्पनीकाे राजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा साे मितिमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा कम्पनीले शेयर खुलाउने बारेकाे प्रस्ताव पेश गर्ने भएकाे छ ।

यस्तै सभामा आर्थिक वर्ष २०८०-८१ को नाफा नोक्सान लगायतका वित्तीय हिसाब किताबका बारेमा छलफल गरि पारित गरिने भएकाे छ ।

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति र निजकाे पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरुमा छलफल गरि अनुमाेदन गरिने भएकाे छ ।