
काठमाडाैं, २९ चैत्र । आज पनि सुनकाे भाउमा भारी बृद्धि भएकाे छ । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउमा ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यसदिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
सुनको बिहीबारकाे मूल्यलाई उछिनेर एतिहासिक रेकर्ड बनाएको छ । बितेका दुई कारोबार दिनदेखि सुनको मूल्यमा भारि बृद्धि भइ रेकर्ड ब्रेक भएकाे छ ।
चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा काराेबार भएको थियो ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




