राष्ट्र बैंकले रू ९७ करोड मुद्दति निक्षेपमा लगानी गर्दै

-



     सफल आवाज    
     वैशाख १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ वैशाख । नेपाल राष्ट्र बैंकले करिब एक अर्ब रूपैयाँ लगानी गर्ने जनाएकाे छ । बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा रूपैयाँ ९७ करोड निक्षेपका रुपमा लगानी गर्ने भएको हाे ।

राष्ट्र बैंकका अनुसार बैंककाे पेन्सन तथा उपदान कोषमा रहेको साे रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंक तथा वित्ती संस्थाहरूसंग प्रस्ताव माग गरिएकाे छ ।

यसअनुसार वाणिज्य बैंकहरुमा ७७ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा १४ करोड ५५ लाख तथा वित्त कम्पनीहरुमा ४ करोड ८५ लाख रुपैयाँ निक्षेप लगानी गरिनेछ ।

बैंकले एक वर्षे अर्थात वैशाख ७ गतेदेखि लागू हुनेगरी २०८२ वैशाख ७ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा रकम जम्मा गरिने जानकारी गराएकाे छ । साे निक्षेप रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफुले लिन चाहेको रकम र साे काे ब्याजदरसहित वैशाख ३ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेश गर्न भनेकाे छ।

निक्षेप राख्नका लागि सर्तहरू लागू हुनेछन् । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पुगेकाे हुनुपर्नेछ । न्यूनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा रेसियाे ३ प्रतिशतभन्दा माथि नाघेको हुनुपर्ने शर्तहरु रहेका छन्।

लगानी सम्बन्धी सूचना यहाँ छ :