सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख ४ गते २०८२ मा प्रकाशित



काठमाडौं, ४ बैशाख। सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि भाेलि बैशाख ५ गते बुकक्लोज गर्ने भएकाे छ।

शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीकाे हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

इन्स्योरेन्सका अनुसार चुक्ता पूँजीको १ बराबर ०.२७ प्रतिशत हकप्रद शेयर निष्काशन गरिनेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता शेयर निष्काशन गरिने जनाइएकाे छ।

इन्स्योरेन्सको चुक्ता पूँजी रुपैयाँ ३ अर्ब ९६ करोड १६ लाख छ। हकप्रद शेयर निष्काशनपछि रुपैयाँ ५ अर्ब ३ करोड १२ लाख ३२ हजार पुग्ने भएकाे छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।