सान्भि इनर्जीकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

-



     सफल आवाज    
     वैशाख ५ गते २०८२ मा प्रकाशित



काठमाडौं, ५ वैशाख । सान्भि इनर्जीले आजदेखि शेयर आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाएकाे हाे ।

कम्पनीका अनुसार ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ मूल्यमा ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि खुलाएकाे हाे ।

शेयरमा लगानीका लागि ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बर सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ नम्बरसम्मका वडाहरुका स्थायीयले आवेदन दिन पाउनेछन्।

यस्तै नयाँबजार गा.वि.स.को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरुका स्थायीयले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताहरुका लागि छुट्याइएको २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि खुलाइएकाे हाे । यसमा घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानियले बैशाख १९ गतेसम्म र ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैशाख १९ गतेसम्म आवेदन दिनु पर्नेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।