काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने संकेत पाएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।
दलका शिर्ष नेताहरूबीच भएकाे छलफलपछि भट्टकाे नाममा सहमति भएपछि र गभर्नर बन्ने पक्का भएपछि डा भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा भट्ट नाममा सहमति भएको बताइएकाे छ । नेताहरबीचकाे सहमतपपछि उनले राजीनामा दिएका हुन् ।
अब अर्थमन्त्री बिष्णु पौडेलले गभर्नर नियुक्तिका लागि डा भट्टसहित अन्य २ जनाको नाम गभर्नरका लागि मन्त्रिपरिषद वैठकमा सिफारिस गर्नेछन् । भट्टकाे अर्थशास्त्रमा विद्यावारिधि रहेकाे छ । व्यवस्थापनमा उनले स्नातकोत्तर गरेका छन् ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




