
काठमाडौं, २४ पुस । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नारायणटार स्थित नेपाल अर्थोपेडिक हस्पिटल बिच आज बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटलमा आवद्ध चिकित्सक तथा स्थायी कर्मचारीहरुलाई बैंकले रु.१५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गर्ने र सांग्रिला बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनहरुलाई सो हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था गर्ने गरि सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

बैंक र हस्पिटल बिच आयोजित कार्यक्रममा बैंकको तर्फबाट प्रमुख जोखिम अधिकृत निर्मल कुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका तर्फबाट मेडिकल डाइरेक्टर डा.युवराज खरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
काठमाण्डौं बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकका विभिन्न शाखाहरुबाट यो सेवा उपभोग गर्न सकिने बताइएको छ । सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेका यस बैंकको हाल देशभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम रहेका छन् ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



