आईतबार सुनचाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख ७ गते २०८२ मा प्रकाशित



काठमाडौंं, ७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउ स्थिर रहेर शुक्रबारकै भाउ कायम गरिएको जनाएको छ ।

आज छापावाल सुन तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि आज स्थिर रहेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ६० रुपैयाँमा नै कारोबार भएको थियो ।