
काठमाडौं, ९ वैशाख । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कुल कारोबार अघिल्लो दिनको तुलनामा केहि घटेको भएपनि सन्तोषजनक रहेकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेपरिसूचक ४.९३ अंकले घटेर २६९३.३५ विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले घटेर ४५२.१९ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ९ वटामा रातो लागेको छ । बाँकी रहेका ४ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३१९ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयरको कारोबारबाट ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी न्यादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कमपनीको ४४ करोड ६० लाख ३७ हजार ९४६ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




