चन्द्रागिरीको आईपीओमा आकर्षण, पहिलो दिन नै माग भन्दा ३ गुणा बढी आवेदन

-



     सफल आवाज    
     पौष २५ गते २०७७ मा प्रकाशित



२५ पुस, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा आकर्षण देखिएको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन शुरु गरेको थियो ।

पहिलो दिन नै माग भन्दा ३ गुणा भन्दा पनि धेरै आवेदन परेको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीले १५ करोड ३४ लाख ९१ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ लाख ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

६१ हजार ३६४ कित्ता शेयर कर्मचारीका लागि ४ प्रतिशत, ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि ९५ प्रतिशत० र १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारण नागकिको लागि निष्काशन गर्न लागेको छ ।
शेयर लगानीकर्ताहरुले चाँडोमा पुस २८ गतेसम्म र ढीलोमा माघ ९ गतेसम्म आवेदन पेश गर्न सक्ने भएका छन् । कम्पनीको सर्वसाधारणलई शेयर वितरण गरेपछि चुक्ता पूँजी १ अर्ब ५३ करोड हुने भएको छ ।

आवेदन दिनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमल, काठमाडौँ, चन्द्रागिरी हिल्स लिमिटेड, मेरो शेयर एप र मेरो शेयर सफ्टवेयरबाट पनि दिन सकिने भएको छ ।