नेप्सेमा उच्च अंककाे गिरावट, साढे ७ अर्बकाे काराेबार

-



     सफल आवाज    
     वैशाख १० गते २०८२ मा प्रकाशित



काठमाडौं, १० वैशाख । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली शेयर बजारमा आज उच्च अंककाे गिरावट भएकाे छ ।

नेप्से परिसूचक ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा रहेकाे छ । यो साताको कारोबारमा नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको छ ।

आज तीन सय आठ कम्पनीको एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर ६४ हजार एक सय ४० पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई सय ४६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको उपसूचक सामान्य अङ्कले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह दुई दशमलव शून्य नौ प्रतिशतले घटेको छ ।