एनएमबिलाई अग्रणी बैंक बनाउन काम गर्छु-सीईओ घिमिरे

-



     सफल आवाज    
     वैशाख ११ गते २०८२ मा प्रकाशित



काठमाडाैं, ११ वैशाख । बैंकिङ क्षेत्रकाे लामाे अनुभव बटुलेका गोविन्द घिमिरे एनएमबि बैंकको सीईओकाे जिम्मेवारीमा पुगेका छन् ।

प्रमुख कार्यकारी अधिकृत घिमिरेले औपचारिक रूपमा पद सम्हालेपछि तीन दशक बढीकाे बैंकिङ क्षेत्रको अनुभवलाई एनएमबिकाे विकासमा लगाउने बताए । घिमिरे बितेका १६ बर्षदेखि एनएमबिसँग आबद्ध हुँदै आएका थिए ।

सीईओकाे जिम्मेवारी दिएकाेमा सञ्चालक समिति तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवासायीक साझेदार र ग्राहकलाई आभार व्यक्र गरे । वित्तीय शुसासन र राष्ट्र बैंकले निर्देश गरेका कुराहरू पछ्याउदै अगाडी बढ्ने बताए । बैंकलाई आशा र विश्वासको केन्द्र बनाउँदै अग्रणी बैंक बनाउन विशेष रुपले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

घिमिरेले नवप्रवर्तनलाई प्राथमिकता दिने बताए । यसका साथै उनले दिगो साझेदारी र समावेशी वित्तीय सेवा दिने, डिजिटल प्रविधि र नयाँ सोचहरू समावेश गरेर ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो तथा सकारात्मक परिवर्तन ल्याउनका लागि दत्तचित्त भएर काम गर्ने बताए ।

घिमिरेसंग बैंकका विभिन्न विभागहरू र शाखाहरुमा काम गरेकाे अनुभव रहेकाे छ । सवल र सक्षम नेतृत्व गर्दै अगाडि बढेका उनीसंग नायव प्रमुख कार्यकारी अधिकृतकाे अनुभव पनि रहेकाे छ । उनकाे बैंकप्रतिकाे लगाव, सेवाहरूकाे विस्तार र वित्तीय सुधारका कामहरूमा विशेष योगदान रहेकाे छ ।

बैंकको व्यापार, वित्तीय, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा उनकाे महत्वपूर्ण भूमिका रहेकाे छ। सञ्चालन प्रणालीमा सुधार, प्रविधियुक्त सेवाकाे विस्तार गर्न र दीर्घकालिन बैंकिङ अभ्यासमा कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।