नेप्सेमा १४.५३ अंकको गिरावट, करिब ९ अर्बको कारोबार

-



     सफल आवाज    
     वैशाख १५ गते २०८२ मा प्रकाशित



काठमाडौं, १५ वैशाख । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से पसिूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा रहेको छ । नेप्सेमा ०.५४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इन्डेक्स ३.५९ अंकले घटेर ४४५.४८ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३२७ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयरको कारोबार बाट ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी न्यादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७० करोड ९४ लाख ७१ हजार २३७ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनकिो शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य.८.४५ प्रतिशतले घटेको छ ।