
पोखरा, २५ पुस । पोखराको व्यावसायिक क्षेत्रको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्तर्गत आज शनिबार मतदान सुरु भएकाे छ।
मतदान स्थल पोखरा प्रदर्शनी केन्द्रमा बिहान १० वजेदेखि अपरान्ह ४ बजेसम्म मतदान व्यवस्था मिलाइएको छ ।

मतदाता क्रसंख्या १ देखि १२०० सम्म मतदान केन्द्र १, मतदाता क्रमसंख्या १२०१ देखि २४०० सम्म मतदान केन्द्र २ र सम्पूर्ण कर्पोरेट, वस्तुगत, औद्योगिक सदस्य र मतदाता क्रमसंख्या २४०१ देखि २९४० सम्म मतदान केन्द्र ३ मा मतदान गर्ने व्यवस्था मिलाईएको छ ।
महाधिवेशनमा २४ पदमा ४० जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि नारायण कोइराला तथा विन्दु कोइराला सुवेदी दावेदारको रुपमा प्रस्तुत भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्ष पदका लागि नारायण कोईराला समूहबाट पवनकुमार प्रजापति एक्ला उम्मेदवार हुन् । उनी निर्विरोध भइरहेका छन् ।
यही समूहबाट वाणिज्यतर्फ उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग तर्फको उपाध्यक्षमा चिनु गुरुङ, महासचिवमा सुरेन्द्र बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री खडा भएका छन् ।
विन्दु कोईराला सुवेदीको अगुवाईमा स्वतन्त्र प्यानल नारायण कोईराला प्यानलको प्रतिष्पर्धि प्यानल हो । स्वतन्त्र प्यानलबाट उपाध्यक्ष पदमा वाणिज्यतर्फ सोवित पौडेल, महासचिवमा धनीराम बराल, उपमहासचिवमा धर्मराज बर्तौलाले उम्मेदवार रहेका छन् ।
उपाध्यक्षमा उद्योगतर्फ गोकर्ण कार्कीले उम्मेदवारी दिएका छन् । उनले आफु कुनै पनि प्यानलमा नरहेको बताएका छन् ।

१० जना कार्यकारिणी सदिस्यका लागि उत्तममान बुद्धाचार्य, उत्तम सेवक कार्कि, ऋषिराम शर्मा भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, रामप्रसाद गौतम, रामेश्वर अधिकारी, विनोद केसी, शोभा गौतम, सुदन बहादुर कोईराला, सुदीप प्रधानाङ्ग र हरिराज पन्तको उम्मेदवारी परेको छ । उनीहरुमा पवित्रादेवी गुरुङ, विनोद केसी रामप्रसाद गौतम र उत्तम सेवक कार्की सुवेदीको स्वतन्त्र प्यानलका हुन ।
उत्तममान बुद्धाचार्य र सुदीप प्रधानाङ्गले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसैबीच, एसोसिएट सदस्यमा हर्क बहादुर अधिकारी मिराज तथा हरिहर सापकोटा निर्विरोध भएका छन् । औद्योगिक सदस्यमा हिरामणी पण्डित निर्विरोध भएका छन् । उनी स्वतन्त्र प्यानलका हुन् ।
वस्तुगत ४ सदस्यका लागि उदयबहादुर बहादुर केसी, उभापति ढकाल, कृष्णप्रसााद तिवारी, वलराम तिमिल्सिना, बालकृष्ण कोईराला, राजन गोंगजु, रामबहादुर केसी तथा रुपनारायण घिमिरेको उम्मेदवारी परेको छ ।
संघको २९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष उद्योग, महासचिव, कोषाध्यक्ष, उपमहासचिवसहित खुल्लातर्फ १० कार्यकारिणी सदस्य, ४ वस्तुगत, २ कर्पोरेट र १ औद्योगिक सदस्य चयन हुनेछन् भने निवर्तमान अध्यक्षका अलावा ४ जना मनोनीत गर्ने व्यवस्था रहेको छ ।









तस्वीरहरु: अशेष शाक्य ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



