ग्लोबल आइएमई लघुवित्तको नाफामा ४० प्रतिशतकाे बृद्दि

-



     सफल आवाज    
     वैशाख २१ गते २०८२ मा प्रकाशित



काठमाडौं, २१ बैशाख। कास्कीकाे बिजयपुरमा प्रधान कार्यालय रहेकाे ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको चैत मसान्तसम्म १५ करोड भन्दा बढी नाफा कमाउन सफल भएको छ।

कम्पनीले गत आवको यस अवधिमा १० करोड ७२ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवमा ४० प्रतिशतभन्दा बढीले खुद नाफा बढेको देखिएकाे छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्ष कम्पनीको ईपीएस २३ रुपैयाँ १० पैसा रहेकोमा चालू आवमा बढेर ३२ रुपैयाँ ३९ पैसा पुगेको छ।

त्यस्तै यस वित्तीय संस्थाको खुद ब्याज आम्दानी ४४ करोड ६१ लाख रुपैयाँबाट बढेर पौने ५४ करोड रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा पनि १५ करोड ३२ लाख रुपैयाँबाट बढेर करीब साढे २१ करोड रुपैयाँ पुगेको छ। वित्तीय संस्थाकाे चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा करिब ६३ करोड रुपैयाँ रहेको छ।

वित्तीय संस्थाकाे हाल निष्क्रिय कर्जा ४.४८ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ६६ पैसा रहेको छ। यस अवधिसम्म कम्पनीको कुल वितरणयोग्य नाफा ८ करोड ८७ लाख रुपैयाँ रहेको बताइएकाे छ।