पोउवा संघको ३३ औं महाधिवेशन: मतगणना आज

- कमजाेरी दाेहाेरिन दिनुहुन्न पाठ सिक्नुपर्छ

-



     सफल आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित



पोखरा, २६ पुस । पाेखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा भएकाे मतदानकाे मतगणना आज बिहानबाट शुरू हुँदैछ । मतगणना शुरू हुने अफिसियल समय बिहान ८ वजे ताेकिएकाे भएपनि पूर्व तयारीका केही काम हुने भएकाे मतगणना चाँही ९ बजेदेखि सुरु हुने निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले सफल आवाजलाई जानकारी दिए ।

कुल ३ हजार १ सय ५४ मत मध्ये मतदानमा २ हजार ३ सय ६५ मत खसेको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले बताए ।

संघको २९ सदस्यीय कार्यसमितिको लागि संघको आगामी बागडोर हाँक्न अध्यक्षमा नारायण कोइराला र स्वतन्त्र प्यानलबाट बिन्दु कोइराला सुवेदीबीच प्रतिष्पर्धा भएकाे छ ।

नारायण कोइराला हाल संघमा वरिष्ठ उपाध्यक्ष हुन । बिन्दु काेइराला सुवेदी उद्योगतर्फकी उपाध्यक्ष हुन् । नारायण कोइराला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका पवन कुमार प्रजापति निर्विरोध भएका छन् । उपाध्यक्षमा अर्जुन पोखरेल (वाणिज्य), उपाध्यक्ष चिनुकुमारी गुरुङ (उद्योग), महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री प्रतिष्पर्धामा छन् ।

बिन्दु कोइराला सुवेदीकाे स्वतन्त्र प्यानलबाट उपाध्यक्ष (वाणिज्य) मा सोवित पौडेल, महासचिव धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिव धर्मराज बर्तौला प्रतिष्पर्धामा छन् ।

संघको चुनावमा उपाध्यक्ष (वाणिज्य) तर्फ अर्जुन पोखरेल र सोवित पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । उपाध्यक्ष (उद्योग) मा चिनुकुमारीसँग स्वतन्त्र उम्मेदवारी दिएका गोकर्ण कार्कीको प्रतिष्पर्धा हुँदैछ । महासचिवमा सुरेन्द्रमान बिजुक्छे र धनीराम बराल, कोषाध्यक्षमा बलराम आचार्य र तारानाथ ढुंगाना तथा उपमहासचिवमा केशवबहादुर खत्री र धर्मराज बर्तौलाबीच कडा प्रतिष्पर्धा हुँदैछ ।

१० जना कार्यकारिणी सदस्यका लागि नारायण कोइराला प्यानलबाट कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला प्रतिष्पर्धामा उत्रिएका छन् ।

बिन्दु कोइराला प्यानलबाट पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्की रहेका छन् । सदस्यमा कुल १६ जनाको उम्मेदवारी परेकोमा उत्तममान बुद्धाचार्य र सुदीप प्रधानाङ्गको स्वतन्त्र उम्मेदवारी रहेकाे छ । संघमा वस्तुगत सदस्यतर्फ उदयबहादुर केसी, उमापति ढकाल, राजन गोंगजु, रामबहादुर केसी, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालकृष्ण कोइराला र रुपनारायण भुजेलको उम्मेदवारी परेको छ । उनीहरूमध्ये ४ जना निर्वाचित हुने छन् ।

यस्तै, २ कर्पोरेट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध भएका छन् । उनीहरु दुवै जना नारायण कोइराला प्यानलका हुन् । औद्योगिक सदस्यतर्फ हीरामणि पण्डित निर्विरोध भैसकेका छन् । संघमा निवर्तमान अध्यक्षका अलावा ४ जना मनोनीत हुने व्यवस्था रहेकाे छ ।

कमजाेरी दाेहाेरिन दिनुहुन्न पाठ सिक्नुपर्छ

पाेखरा उद्याेग वाणिज्य संघकाे यसपालिकाे निर्वाचनमा केही कमजाेरी देखिएका छन् । निर्वाचनका बारेमा स्वयं उम्मेदवारहरूले पनि चुनावी मैदानमा कसरी भाेट हाल्ने ? तरीका के हाे ? भनेकाे सुनिनु उदेक लाग्दाे भएकाे संघका एकजना पूर्व अध्यक्षले बताए । मतदानकाे लागि निर्वाचन पूर्वका दिनहरूमा सम्पूर्ण परामर्शका कामहरू सक्नुपर्छ, यसका बारेमा ध्यान दिएकाे देखिएन । काेराेनाकाे कहरकाे बेलामा स्वास्थ्य सुरक्षाकाे कुरा र सामाजिक दूरी सून्यावस्थामा रहेकाे थियाे ।

परिचयपत्र नविकणले पनि समस्या सिर्जना गरेको देखियो । अब संघमा निर्वाचन हुनुभन्दा एक हप्ता अगाडी अगाडीसम्म परिचय पत्र नविकरण गराई सक्नुपर्ने निर्देशन जारी गर्न आवश्यक देखिएको छ । यसो गरियो भने निर्वाचनका अन्य कामहरुमा समय दिन सकिने हुन्छ । व्यापार पत्रिका त्रैमासिक रुपमा निस्किने भएकोले सो समयमा निर्वाचनको बेलाको पछिल्लो त्रैमासलाई सम्पूर्ण व्यवसायीको व्यवसायसहित परिचय पत्र नविकरण गराउन गराई सक्ने वातावरण बनाउन आवश्यक देखिएको छ । निर्वाचनको अघिल्लो दिनको साँझसम्म पनि भैहाल्छ भन्ने र नविकरण गरिदिने परिपाटीले निर्वाचनका अन्य कामलाई असर पुर्याउँछ भन्ने कुराको हेक्का राख्न जरुरी देखिएको छ । कम्तिमा परिरचय पत्रको नविकरण निर्वाचनको एक हप्ता अगाडीसम्म गराईसक्नु पर्ने अनिवार्य गरौं यदि सकिएन भने ३ दिन अगाडीसम्म गरौं ।

संघमा कसरी पुरै मत खसाउने वातावरण बनाउने भन्ने विषयमा सोच्नुपर्ने र गहकार्य गर्नुपर्ने होकि ? याे सामान्य कारण हाेइन, अर्का एक पूर्व अध्यक्षले भने ३१ सय ५४ मतदातामा २३ सय ६५ मत खस्नुले संघप्रतिकाे उदासिनताकाे उपज हाे यस्ता कमजाेरी दाेहाेरिन दिनुहुन्न पाठ सिक्नुपर्छ।