
पोखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्तर्गत वस्तुगततर्फको नतिजा सार्वजनिक भएको छ ।
आइतबार बिहानदेखि मतगणना सरु भएकोमा बालकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल वस्तुतर्फ विजयी हुन सफल भएका हुन् ।
तीमध्ये रुपनारायण भुजेल बिन्दु कोइराला सुवेदी प्यानलका हुन् । बाँकी अन्य ३ जना विजयी नारायण कोइराला प्यानलका मानिन्छन् ।
आठ जना उम्मेदवारमध्ये विजयी गोंगजुले १८, कोइरालाले १६, तिमिल्सिना र भुजेल गोलाप्रथाबाट विजयी भएका हुन् । वस्तुतर्फ २९ मतदाता थिए ।
चुनावमा उदयबहादुर केसी, उमापति ढकाल, रामबहादुर केसी र कृष्णप्रसाद तिवारी भने पराजित भएका छन् ।
तीमध्ये नारायण कोइराला प्यानलबाट कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला चुनावी मैदानमा छन् भने बिन्दु कोइराला प्यानलबाट पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्की उम्मेदवार छन् ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



