सुन चाँदीको भाउमा गिरावट

-



     सफल आवाज    
     जेठ १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ जेठ । सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ । आज नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको हाे। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।