नेप्से ४९ अङ्कले बढ्याे, ७ अर्ब ३१ कराेडकाे काराेबार

-



     सफल आवाज    
     जेठ ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ जेठ । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा परिसूचक बढेकाे छ ।

नेप्से परिसूचक ४९ अंकले बढेर २६८१.३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ९.६१ अंकले बढेको छ । फ्लोट इण्डेक्स ३.८० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४० अंकले बढेको छ।

नेप्से उकालाे लागेकाे भएपनि कुल कारोबार रकम अघिल्लाे दिनकाेभन्दा कम भएकाे छ । सोमबार ७ अर्ब ३५ करोडको काराेबार भएकाे थियाे ।

यसदिन ३१० कम्पनीकाे ७३ हजार ५४ पटकको कारोबार हुँदा रुपैयाँ ७ अर्ब ३१ करोड २७ लाख ९० हजार बराबरको १ करोड ६८ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ।

३ वटा स्टकको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सन कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। विन नेपाल लघुवित्तको शेयरमूल्य ३.०९ प्रतिशतले घटेको छ।

कारोबार रकमकाे आधारमा राधी विद्युत कम्पनी अगाडि रहेकाे छ । कम्पनीको ४१ करोड ८० लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ।

१३ वटै उपसमूहको परिसूचक बढेको हाे । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.४२ प्रतिशतले बढेको छ।

विकास बैंक उपसमूहको परिसूचक २ दशमलब ९५ प्रतिशतले बढेको छ । वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशत बढीले बढेको छ।