विकास हाइड्रोको आइपीओमा पर्याे मागभन्दा बढी आवेदन

-



     सफल आवाज    
     जेठ ७ गते २०८२ मा प्रकाशित


Oplus_131072


काठमाडौं, ७ जेठ । विकास हाइड्रोपावरकाे शेयर (आइपीओ) मा मागभन्दा बढी आवेदन परेकाे छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्रीमा ल्याएकाे आइपीओमा रुपैयाँ ६ करोड ६४ लाख ७१ हजार बराबरको आवेदन परेको जनाएकाे छ ।

सीडीएसले आज बिहान १०ः०७ बजेसम्म २८ हजार ९९९ जना लगानीकर्ताले ६ लाख ६४ हजार ७१० कित्ता माग गरेका छन्। यो माग गरिएकाेभन्दा १.८७ गुणा बढी हो ।

कम्पनीले मंगलबार, जेठ ६ गते देखि साे शेयर बिक्रीमा ल्याएकाे हाे। यसमा३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको ३ लाख ५४ हजार ५५० कित्ताका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन पाउनेछन्।