नेप्से ७.९४ अंकले घट्याे, साढे १० अर्बकाे काराेबार

-



     सफल आवाज    
     जेठ ७ गते २०८२ मा प्रकाशित



काठमाडौं, ७ जेठ । बजार खुलेपछि निकै सकारात्मक रुपले अगाडि बढेकाे शेयर बजार बन्द हुँदाकाे अवधिमा भने नकारात्मक बन्याे ।

पहिलाे प्रहरमा नेप्से २७७२ विन्दुकाे नजिक पुगेकाे थियाे। बढेकाे माैकामा शेयर बिक्रीकाे चाप बढ्याे तर अन्तिम प्रहरमा घटेर बन्द भयाे ।

अघिल्लाे दिन बुधबार नेप्से ४९.०९ अंकले बढेको थियो । साे समयमा लगानीकर्ताहरु हावी भए। कारोबार रकम राम्राे रह्याे। अब बजार सकारात्मक लयमा जाने अपेक्षा गरिएकाे छ ।

आज नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ अंकमा झरेकाे छ भने १० अर्ब ६९ करोड बढीको कारोबार भएको छ ।

३१६ कम्पनीहरुको २ करोड ३० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै राधी हाइड्रोपावरकाे ७१ करोड रुपैयाँभन्दा बढीकाे काराेबार भएकाे छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र ङादी ग्रुप पावर कम्पनी रहेकाे छ ।