
काठमाडौं, २६ पुस । आज आइतबार साताको पहिलो दिन शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से २२३५.७२ अंकले माथि उक्लिएर अडिएको छ । आज शेयर खरिदबिक्रीमा पनि बढोत्तरी देखिएको छ ।
नेप्से परिसूचक आज ४१.२४ अंकले बढेर २२३५.७२ अंकमा अडिएको हाे भने नेप्से १.८८ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स ७.२१ अंकले वृद्धि भई ४२८.४३ अंकमा रहेको छ । आज २०७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयरको कारोबारबाट ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १२ उपसमूमा ११ वटाको शेयर बढेको छ भने एउटाको घटेको छ । आज कारोबारको आधारमा प्रभु बैंकले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीको ४० करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।








काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



