
पोखरा,२७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई लाग्न आग्रह गरेका छन् । राष्ट्रिय एकता दिवस पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
गुरुङले पृथ्वीनारायण शाहले शुरु गरेको भौगोलिक एकीकरणको जगमा उभिएर समाजवादतर्फ उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ पार्नुपर्नेमा जोड दिएका छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिँदै गुरुङले नेपालको गौरवशाली इतिहासको महत्वपूर्ण घटनाक्रमको रुपमा रहेको नेपालको एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह भएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा गण्डकी प्रदेशको गोरखा जिल्लाको बोर्लाङमा जन्मिएका पृथ्वीनारायण शाहप्रति गण्डकी प्रदेशले गौरवान्वित महशुस गर्नुपर्ने विषयलाई जोड दिईएको छ । “पृथ्वीनारायण शाहले शुरु गरेको नेपाली एकीकरण अभियानको सफलताका कारण आज हामी स्वाधी, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रुपमा विश्व मानचित्रमा परिचित हुन पाएका छौं ।”
सन्देशमा भनिएको छ,“उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातिय, साँस्कृतिक लगायत अन्य विविधताका बीच मजबुत एकताको आधार तयार गर्नुभयो । त्यही आधारमा टेकेर विभिन्न जनआन्दोलन, जनक्रान्ति लगायतका विभिन्न राजनीतिक संघर्षमार्फत हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेका छौं ।”






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको… 



