
काठमाडौं, २० जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेकाे छ । सुन ताेलामा दुई हजार ९०० रुपैयाँले बढेको छ । चाँदीमा रुपैयाँ ५५ ले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

पछिल्ला दिनमा सुनको भाउ निरन्तर बढीरहेको अवस्थामा मंगलबार तोलामै २९ सयको बढेकाे छ ।
महासंघले चाँदीको भाउ पनि उल्लेख्य बढेको जनाएकाे छ । आज चाँदी प्रतीतोला ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतीतोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भएको थियो ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




