विकाश हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ २० गते २०८२ मा प्रकाशित



काठमाडौं, २० जेठ । विकाश हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले जेठ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाएकाे थियाे ।

कम्पनीले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनकाे अनुमति लिएकाे थियो।

कम्पनीले ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरले ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि खुलाएकाे हाे ।

आयोजना प्रभावित क्षेत्रका जनताले ३ लाख ६३ हजार ६४० कित्ता शेयर पाउनेछन् । शेयर गोरखाकाे धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ का बासिन्दाहरुमा बाँडफाँड हुनेछ ।

यस्तै ५ लाख ४५ हजार ४६१ कित्ता शेयर धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने जनताका लागि रहेकाे छ ।