
काठमाडौं, २८ पुस । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुक लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यासमा प्रवेश गरे पनि आजको परिस्थितिको विश्लेषणबाट अघि बढने सन्दर्भमा व्यवस्थापन र रुपान्तरणमा अलमलिएको अवस्था रहेको बताएका छन् ।
दी क्रिएटर्स ग्रुपद्वारा आयोजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्दै उनले विगतदेखि दलभित्रको अन्तरविरोध, सरकार र पार्टीबीचको सम्बन्ध र समन्वय, हामीले अपनाएको शासन प्रणालीको चरित्र र अभ्यासलाई समुचितरुपले अघि बढाउन सकस भइरहेको अवस्थाको परिणाम आज देखिएको उल्लेख गरे ।
“जिम्मेवार निकाय र क्षेत्रका सबैले सुझबुझका साथ सम्हाल्दै र व्यवस्थापन गर्दै अगाडि बढ्न नसक्ने हो र कित्ताकाट गर्दै आ–आफ्नै गतिमा हिँड्न खोज्ने हो भने गन्तव्य कता हो, पुगिने कता हो भन्ने ठेगान नहुन सक्छ । राजनीतिक दल र सरकारले राष्ट्र र जनतालाई सर्वाेपरि राखी सम्भाव्यताका साथ परिवर्तन र रुपान्तरणको कदमलाई खलबलिन नदिन उनले आह्वान गरे ।
माइती नेपालका सस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, डा सन्दुक रुइत, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेल र सामाजिक अभियन्ता सपना मगरलाई नेशनल क्रिएटिभ्स अवार्ड–२०२० द्वारा सम्मान गरियो ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



