
काठमाडौं, २८ पुस । सभिल बैंकले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलााई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको ३२५ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) सहित ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको चुक्ता पूँजी रु.८ अर्ब ३३ लाख ८९ हजार ६७३ पैसा ८८ को ८ प्रतिशतको दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ पैसा बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतको दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ चौरासी पैसा नगद लाभांश शेयरधनीहरुलाई वितरण गरिने भएकाे हाे ।
सञ्चालक समितिले स्वीकृतिको लागि राष्ट्र बैंकलाई लेखि पठाउने निर्णय गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत तथा बैंकको साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव हिराकाजी बस्नेतले जनाएका छन् ।







काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



