
काठमाडौं, २९ जेठ । तेह्रथुम पावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर खुलाउन लागेकाे जनाएकाे छ । यसअनुसार कम्पनीले अ सार १६ गतेदेखि हकप्रद शेयरकाे बिक्री खुला गर्ने भएको हाे । हाल कायम रहेकाे १ कित्ता शेयर बराबर नयाँ १ कित्ताकाे रेसियाेमा हकप्रद बिक्री गरिने भएकाे छ ।
कम्पनीले रुपैयाँ ४० करोड बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता बिक्रीमा ल्याउने भएकाे हाे । यसकाे प्रयाेजनका लागि जेठ ५ गते बुकक्लोज भइसकेकाे छ । जसमा जेठ ४ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्। शेयरमा साउन ४ गतेसम्म आवेदन दिन पाइने भएकाे छ।
शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीका अनुसार हकप्रद शेयर बिक्रीपछि जम्मा भएकाे रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको ऋणको आंशिक भुक्तानीमा प्रयोग हुनेछ ।
कम्पनीको माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा ९२ करोड ६१ लाख ३७ हजार ७१० रुपैयाँ ४ पैसा ऋण रहेको छ। हकप्रद शेयरबाट संकलन भएको रकमबाट १६ करोड रुपैयाँ माछापुच्छ्रे बैंकमा भुक्तानी हुने भएकाे छ । नबिल बैंक र ग्लोबल आइएमई बैंकमा १२–१२ करोड भुक्तानी गरिने भएकाे छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




