
पोखरा, २८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको ७० प्रतिशत हिस्सा आफूतिर रहेकोले पार्टीको नाम र चिह्न आफ्नै पक्षको हुने दाबी गरेका छन् । उनले पार्टीभित्रको विवाद विचारको लडाइँ भएको उल्लेख गर्दै सूर्य चिह्न कसैले खोस्यो भने आँधीहुरी आउने चेतावनी दिए ।
पोखरामा मंगलबार आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदै दाहालले सो चेतावनी दिएका हुन् । उनले कतिपय मानिसले पार्टीभित्रको विवाद पदको लडाइँ भनेर व्याख्या गर्ने गरेको भन्दै त्यस्तो व्याख्यालाई आफूले खारेज गर्ने बताए । उनले सर्वोच्च अदालतको विश्वास गर्न आग्र गर्दै विघटित प्रतिनिधिसभा संसद पुनस्र्थापना भएरै छाड्ने दाबी गरे । उनले यो लडाइँ अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताउँदै उनले पार्टी एकतापछि निरन्तर रहेकोमा अहिले बिस्फोटमात्र भएको टिप्पणी गरे । उने जनताको बलिदानबाट उपलब्ध आन्दोलन खतरामा परेको भन्दै उनले यो पदको लडाइँ नभइृ विचार, विधि र पद्दतिको लडाइँ हो भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवादलाई पूर्व एमाले र पूर्व माओबादी बनाउने कसरत गरेको उनको आरोप थियो । ओलीले जनयुद्ध कुहिएको फर्सी थियो भन्ने कुराले आफूलाई हाँसो लागेको भन्दै उनले भने, ‘पूर्वमाओवादी साथीहरु जो केपी गुटमा जानु भएको छ, उहाँहरुले कसरी सुन्न सक्नु भयो किजनयुद्ध कुहिएको फर्सी थियो भनेको ?’ जनयुद्ध ठीक थियो भनेर गरेको हस्ताक्षर कीर्ते थियो ?’ उनले मदन भण्डारीको लाइन छोड्ने माधव नेपाल नभइ ओली नै भएको अरोप समेत लगाए । ‘प्रधानमन्त्री पदका लागि मात्रै समाजवादउन्मुख रहेछ, जवज प्राप्त गर्नका लागि होइन रै’छ,’ उनले भने, ‘एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै यो सब गर्नु भएको रहेछ ।’
नेकपा (प्रचण्ड–नेपाल) समूह अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन खोजेको आरोप लगाए । उनले ओलीले बाटो बिराएको टिप्पणी गर्दै ओलीको हठले देशलाई अस्थिरतातर्फ उन्मुख गराएको बताए । जति गरे पनि सुधार्न नसकिएको भन्दै टिप्पणी गरे, ‘बालुवा पेलेर तेल निस्कन्न, केपी ओली सुध्रिन्नन् ।’ गुटबन्दी र अहंकार ओलीको पर्याय भएको उनको अभिव्यक्ति थियो । नेपालले बाटो बिराएका साथीलाई मूल पार्टी नेकपामा फर्कन अपीलसमेत गरे । उनले केपी ओली नेकपाको नभइ केपी फाउण्डेसनको अध्यक्ष भएको बताउँदै नेपालले सूर्य चिह्न ल्याउने मान्छे माधवकुमार नेपाल हो भने ।
यसैगरी, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले असंवैधानिक तवरबाट संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान च्यात्न खोजेको बताए । श्रेष्ठले संसद विघटविरूद्ध संयुक्त संघर्षको पहल भइरहेको जनाउँदै ओलीको प्रवृत्ति पराजित गरेरै छाड्ने दाबी गरे । भेलामा प्रदेशका ११ वटै जिल्लाबाट जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुले भाग लिएका थिए ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



