पोखरा फाइनान्सको लाभांश पारित

-



     सफल आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित


फाेटाेः अशेष शाक्य


पोखरा, २९ पुस । पोखरा फाइनान्स लिमिटेडले ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

संस्थाको आज सम्पन्न २४ औं वार्षिक साधारण सभाले आव २०७६/७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिसेयर ५ प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बोनस सेयर वितरणपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ९६.३१ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले आव २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एकापसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

संस्थाले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकलाइ बितिय सेवा प्रदान गरिरहेको जनाइएको छ ।