
काठमाडौं, ८ साउन । सांग्रिला डेभलपमेन्ट बैंककाे मुनाफा आकर्षक वृद्धि देखिएकाे छ । बैंकद्वारा सार्वजनिक गरिएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा मनग्य बढेको छ।
गत आर्थिक वर्षमा बैंकले ४१ करोड ३८ लाख मुनाफा कमाएको छ। जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २१३.८१ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्ष अन्त्यमा साे मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।
बैंकको खुद नाफामा सामान्य बृद्धि भएकाे छ। खुद नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख रहेकाे छ। बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशतले घटेको छ । खुद फि र कमिशन आम्दानी ९.१५ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी ३.३९ प्रतिशत तथा सञ्चालन मुनाफा १०.०६ प्रतिशतले बढेको छ।
प्रतिशेयर आम्दानी ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे ३०.६५ गुणा छ । नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेकाे छ । जगेडामा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ रहेकाे छ । बैंकले गत आर्थिक वर्षमा ५४ अर्ब ६६ करोड ८४ लाख निक्षेप संकलन गरकाे पाइएकाे छ । यस्तै ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिएकाे छ।








पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप… 




