
प्रधानमन्त्री ओली – सुख्खाग्रस्त क्षेत्र अवलोकन मधेस, ९ साउनः प्रधानमन्त्री केपी शर्मा ओली मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गर्नुहुँदै । प्रधानमन्त्री ओली तराई मधेसको सुख्खा क्षेत्रको अवस्था र किसानका समस्या बुझ्न तथा महोत्तरी र बारामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको हो । तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।
यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
वर्षाकाे समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए।
प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी त्यसतर्फ गएका हुन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




