
काठमाडौं, ११ साउन । विद्युतकाे माग बढेपछि चितवनमा ६ घन्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएकाे छ । पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हाे ।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार एक सूचना जारी गरेर गर्मीमा विद्युत्काे माग बढेको जनाउँदै ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने तालिका सार्वजनिक गरेको हो ।
चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बिहान तीन घण्टा र दिउँसोबाट साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी गराएका छन् । गर्मी धेरै बढेकाे तथा अकासे पानी पनि नपरेकाेले सिँचाइमा पानीकाे भार बढेकाेले विद्युत् आपूर्ति अवरुद्ध हुने तालिका सार्वजनिक गरिएको उल्लेख छ ।
१३२/ ३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने र लोड चार सय ५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनका लागि दिनका लागि तालिका सार्वजनिक गरिएको जनाएकाे छ । उनका अनुसार एक सातामा विद्युत् लोड व्यवस्थापनकाे समस्या समाधन गरिनेछ ।
तालिका अनुसार नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिए।
तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ देखि ३ र बेलुका ९ देखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




