कालिका लघुवित्तद्वारा एकैपटक ६३ जना कर्मचारी माग

-



     सफल आवाज    
     श्रावण १५ गते २०८२ मा प्रकाशित



पोखरा, १५ साउन । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा ६३ जना कर्मचारी माग गरेको छ ।

संस्थाले आज आदर्शसमाज दैनिकमा आवश्यकताको बिज्ञापन प्रकाशित गर्दै बिभिन्न पदमा खुल्ला प्रतिस्पर्धावाट स्थायी सेवामा कर्मचारी पदपूर्ति गर्न भन्दै दरखास्त आह्वान गरेको हाे ।

प्रकाशित सुचना अनुसार लघुवित्तले प्रवन्धक, बरिष्ठ अधिकृत, अधिकृत, सहायक, कनिष्ठ सहायक लगायतका पदमा कर्मचारी माग गरेको छ । आवश्यक शैक्षिक योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको छ ।

दरखास्त दिने अन्तिम मितिः २०८२ साउन २९ गते कार्यालय समयसम्म रहेको कालिका लघुवित्त वित्तीय संस्था ब्यबस्थापनले जानकारी दिएको छ । हेर्नाेस सुचना :