
नवलपरासी, १५ साउन । प्रहरी कल्याणकोषको आर्थिक लगानीमा कावासोतीमा पेट्रोल पम्प निर्माण भएको छ । शिलान्यास गरेको ११ महिनामै अत्याधुनिक सुबिधा सहितको पम्प निर्माण भएको हो ।
प्रहरी कल्याणकोषको ११ करोड ७० लाखमा गत भदौ पहिलो सातावाट निर्माण शुरु गरिएको पम्पको सबै काम सकिएको छ । पूर्वी नवलपरासीको जिल्ला सदरमुकाम कावासोती स्थित जिल्ला प्रहरी कार्यालयको अघिल्तिर पम्प निर्माण भएको छ । तत्कालिन डिआइजि टेक राईले गत भदौ ७ गत पम्पको शिलान्यास गरेका थिए ।
शिलान्यास गरेको ११ महिना भित्र पम्प निर्माण काम सकिएको हो । शिलान्यास गर्दा निर्माण अबधि १८ महिनाको थियो । लक्ष्य भन्दा अगावै पम्प निर्माण सकिएकाे कारण भदौ पहिलो साता यो पम्पवाट सेवा शुरु हुने भएको छ ।
पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादब ढकालले अबको तिन सातामा पम्पवाट सेवा शुरु गर्ने लक्ष्य राखेको जानकारी दिए । प्रँबिधिक कारणले केहि समस्या नभए भदौ पहिलो सातावाट सेवा दिने लक्ष्य रहेको ढकालले सुनाए ।
महेन्द्रराजमार्गमा सटेको यो पम्पमा ४ ठाउवाट एकै पटक ८ वटा सवारी साधनमा इन्धन राख्न मिल्छ । पूर्वी नवलपरासीमा रहेका १६ वटा पम्प मध्ये यो धेरै क्षमताको अत्याधुनिक सुबिधाको पम्प हो । क्याफे र चार्जिंग सुबिधा सहितको यो पम्प २४ घण्टा संचालन हुने बताइएको छ । प्रहरीद्धारा निर्मित यो पम्प जिल्लाको सबै भन्दा धेरै क्षमताको भएकाे पत्रकार नारायण शर्माले जानकारी दिए ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




