
काठमाडौं, साउन । माछापुच्छ्रे बैंकले २ अर्ब १ कराेड खुद नाफा कमाएकाे छ । बैंकले सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब १ कराेड १४ लाख खुद नाफा कमाएकाे हाे ।
बैंकले कमाएकाे साे नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ९२.४५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले, कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशतले र सञ्चालन मुनाफा ९९.९१ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँ रहेकाे छ। यसैकाे कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्नमा सघाउ पुगेकाे हो।
प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा रहेकाे छ। वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेकाे छ भने मूल्य आम्दानी रेसियाे १४.९९ गुणा छ । नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ रहेकाे छ । गत आर्थिक वर्षमा १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ । कर्जा लगानी १४ खर्ब १६ अर्ब ३६ करोड रहेकाे छ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




