एनआई ३१ को इकाई खरिदमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र ३ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३ भदाै । नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग लिमिटेडले साउन ३० गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएकाे एनआई ३१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।

याे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने याेजना हाे। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यकाे १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई बिक्रीमा ल्याएकाे जनाएकाे हाे।

यसमा कुल इकाईको ३ करोड ७५ लाख रुपैयाँबराबरको ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका लागि रहेकाे छ । क्यापिटलले बाँकी रहेको १ करोड १२ लाख इकाई सर्वसाधरणका लागि बिक्री गर्नेछ भएकाे छ।

साउन ३० गतेदेखि आवेदन दिन सकिने साे फण्डमा घटीमा १०० इकाई र बढीमा २५ लाख इकाईका लागि आवेदन दिन पाइने भएकाे छ। ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।