स्वस्तिक लघुवित्तकाे आईपीओमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     भाद्र ३ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३ भदाै। स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साउन ३० गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएकाे शेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। यसअघि लघुवित्तले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेकाे छ ।

संस्थाले जारी पूँजीको ४० प्रतिशतले हुने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर खुलाएकाे हाे ।पहिलो चरणमा १ हजार १५५ कित्ता कर्मचारीहरुका लागि खुलाइएकाे थियाे ।

११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि तथा २३ हजार १०० कित्ता वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि थियो। याे चरणमा लघुवित्तले सर्वसाधारणका लागि १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेकाे हाे।

यसमा घटीमा १० तथा बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सेबाेनबाट अनुमति लिइका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।