
काठमाडौं, २ माघ । गरिमा विकास बैंकले ३० माघका लागि साधारणसभा बोलाएको छ । बैंकले होटल पोखरा ग्राण्ड, पोखरामा माघ ३० गते शुक्रबारका लागि साधारणसभा बोलाएको हो ।
बैंकको साधारणसभामा लाभांश पारितदेखि सहायक कम्पनी स्थापना गर्नेसम्मका एजेण्डा प्रस्तुत हुने भएका छन् । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी १३.५ प्रतिशत अर्थात ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव साधारण सभामा प्रस्तुत हुँदैछ ।
बोनश शेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित हुँदा सो बोनश शेयर तथा कर प्रयोजनका लागि प्रस्तावित नगद लाभांश समेत कुल लाभांशमा लाग्ने कर भुक्तान गर्ने प्रयोजनको लागि बैंकको चुक्ता पुँजीको करिव ०.७१ प्रतिशतले हुन आउने रकम नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत साधारण सभामा प्रस्तुत हुनेछ ।
यसैगरी बोनस शेयर जारी गर्दा दशमलव पछिको शेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने समेत प्रस्ताव प्रस्तुत हुने बैंकले जनाएको छ । साधारण सभामा बैंकले सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न सक्ने गरी विकास बैंकको प्रबन्धपत्रमा उद्देश्य तथा कार्यहरु थप गर्ने प्रस्ताव समेत लैजाने भएको छ ।
बैंकले दिएको जानकारी अनुसार सञ्चालक समितिको बैठक, साधारण सभा लगायतका बैठक तथा सभाहरु विद्युतीय माध्यमबाट समेत गर्न सक्ने गरी विकास बैंकको नियमावलीमा आवश्यक संशोधन, परिमार्जन तथा थप ब्यवस्थाहरु कायम गर्ने सम्बन्धी प्रस्ताव समेत साधारण सभामा प्रस्तुत हुनेछ ।
साधारण सभाकाे विस्तृत विवरणः







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



